१६ चैत्र २०८०, शुक्रबार

खुसीको खबर, ह्वात्तै घट्यो सुनको मूल्य



काठमाडौं। नेपाली बजारमा आज सुनको मुल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य ९० हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुन प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

४ दिनदेखि स्थिर रहेको चाँदीको मूल्य आज भने घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँ घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !