१३ बैशाख २०८१, बिहीबार

नेताहरु पछि परे एमसिसी पास गर्न



काठमाडौं। नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बहुमतको सरकारलाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गर्न प्रतिपक्षको साथ किन चाहियो भन्दै प्रश्न गरेका छन् ।

‘नयाँ सरकारको कुटनीतिकअभिमुखीकरण : सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले  एमसीसी पास गर्न १६५ जना सासंदको बहुमत हुँदाहुँदै प्रतिपक्ष एमाले किन चाहियो भन्ने प्रश्न सरकारसमक्ष राखेका हुन् ।

एमालेको अवरोधले पनि ससंद् चलेकोतर्फ संकेत गर्दै उनले प्रतिपक्षविना नै एमसिसी पनि पारित गरेर देखाउन चुनौतीसमेत दिए ।

‘ हिजो कांग्रेस, माओवादी केन्द्रले एमसिसी सम्झौता गरेका हुन् । यदि त्यो गलत थियो भने सम्झौता किन गर्नुभयो ? ’, उनले भने, ‘त्यसैलाई एमालेले पारित गर्न लाग्दा किन केपी ओलीलाई गाली गर्नुभयो । अनि आज एमसिसीका लागि प्रतिपक्षको साथ खोज्ने ? ’



प्रतिक्रिया दिनुहोस !