१४ बैशाख २०८१, शुक्रबार

संखुवासभा सामूहिक हत्या : लोकबहादुरसहित थप ५ जना पक्राउ



सङ्खुवासभा। मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्यामा संलग्न आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यसअघि पक्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइसहित ५ जना छन् ।

लोकबहादुरका भाइ नरेश कार्कीलाई सोधपुछका लागी भदौ ३१ मा पक्राउ गरेको थियो । नरेश बाहेक थप ३ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय धरान अनुसार लोकबहादुरका भाइसहित थप ४ जनालाई पक्राउ गरिएको हो ।

हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अनुसन्धानमा संलग्न प्रहरीले मोबाइल बरामद गरेका छन् ।

नरेशको साथबाट मोबाइल बरामद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेर सोधपुछ गरिरहेको छ । हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

अनुसन्धान गर्दै जाँदा नरेशले आफ्नै आँखाले आफ्नै दाजुले चिर्पट प्रहार गरेर काका र अन्य ५ जना सदस्यको हत्या गरेका देखेका थिए ।



प्रतिक्रिया दिनुहोस !