१६ चैत्र २०८०, शुक्रबार

शरीरमा पानी नपुग्दा देखिन्छन् यस्ता समस्या



एजेन्सी । शरीरमा पानीको मात्रा कति हुन्छ ? कति पानी पिउनुपर्ला ? गर्मी बढेसँगै धेरैलाई पानीको कमीका कारण देखिने समस्याले सताउन सक्छ । त्यसैले आज हामीले यहाँ शरीरमा पानीको आवश्यकता र प्रशस्त पानी कमीका कारण आउन सक्ने समस्याको बारेमा केही जानकारी प्रस्तुत गरेका छौँ ।

हाम्रो शरीरमा पानीको मात्रा फोक्सोमा ९० प्रतिशत, रगत ८२ प्रतिशत, छाला ८० प्रतिशत, मांस पिण्ड ७५ प्रतिशत, मष्तिष्क ७० प्रतिशत, हड्डी २२ प्रतिशत रहेको हुन्छ । मानिसलाई यति नै पानी चाहिन्छ भन्न नसकिएतापनि प्रत्येक मानिसलाई साधारणतया दैनिक रूपमा तीन देखि चार लिटर पानी आवश्यक पर्छ । तर यो मात्रा स्थानीय हावापानी, तापक्रम, व्यक्तिको श्रमको अवस्था, व्यक्तिको शारिरीक बनोट,व्यक्तिको प्रकृति, जीवनशैली आदिमा पनि भर पर्छ।

चिकित्सक भन्छन्, ‘धेरै पानी पिउँदा पनि र कम पानी पिए दुवै स्वास्थ्यको लागि जोखिमपूर्ण हुन्छ ।’

पानी कसरी पिउदाँ राम्रो :

१. उभिएर भन्दा बसेर पानी पिउनु राम्रो हुन्छ ।
२. एकैपटक धेरै पानी पिउनु राम्रो होईन ।
३. पानी ग्लासमा राखेर पिएर खानु राम्रो हुन्छ।
४. कहिले धेरै, कहिले थोरै पानी पिउनुहुँदैन ।
५. खानेकुरा र पानीको मात्रा मिलाएर खानेपिउने गर्नुपर्छ। तर खाना खाजा लगत्तै धेरै पानी पिउनु हुँदैन ।
६. पसिनाबाट वा पिसाबबाट जति धेरै पानी बाहिरिन्छ, उति धेरै पानी पिउनुपर्ने विज्ञहरूको सुझाव छ।
७. गर्मीयाममा पानीसँगै झोल पदार्थ भएका खानेकुरा, फलफूल, सागपात, रसिलो फलफूल खानुपर्छ ।
८. पानीले बल, आय, आरोग्यता र पौष्टिकता प्रदान गर्छ।

यसका फाइदाहरु :

१. पेट सफा गर्न पानीको महत्वपूर्ण भूमिका रहन्छ ।
२. पटक–पटक गरी दिनभर पिएको पानीले क्यान्सरका सेललाई समेत बाहिर निकाल्छ।
३. स्वच्छ पिउने पानी ठिक ढङ्गले सेवन गरे र दैनिक कम्तिमा तीन लिटर पानी पिएको खण्डमा क्यान्सरलगायत पेटसम्बन्धी विभिन्न रोगबाट मुक्ति पाइन्छ।
४. पानिको उचित प्रयोगले धेरै विकार नष्ट हुन्छन्।
५. दिसापिसाब, पसिना, थुकलगायत माध्यमबाट शरीरको पानी बाहिरिन्छ ।

बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउने गर्दा शरीरका अर्गान खुल्छन् । यसले स्वास्थ्यमा फाइदा पुग्छ । स्वस्थ छालाका लागि पनि शरीरलाई आवश्यक मात्रामा पानी पिउने गर्नुपर्दछ।



प्रतिक्रिया दिनुहोस !