१२ बैशाख २०८१, बुधबार

घट्यो टिकटक चलाउन पाइने अवधि



एजेन्सी। विश्वमा सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक पर्यो ।

विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा चाहिं डुइनको नामबाट उपलब्ध छ । चीनमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको डुइन कम उमेरका किशोर किशोरीहरु अत्यधिक मात्रामा प्रयोग गर्ने भेटिएका छन् ।

बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ ।

बालबालिकाहरुले बिहानको ६ बजेदेखि रातको १० बजेसम्मको अवधिमा केवल ४० मिनेट मात्रै टिकटक चलाउन पाउनेछन् । चिनिया टिकटकको मातृ कम्पनी बाइटडान्सले एक ब्लगपोष्टमार्फत् डुइनमा घोषणा गरेको हो।



प्रतिक्रिया दिनुहोस !