१४ बैशाख २०८१, शुक्रबार

देउवाले सल्लाह नै नगरी नयाँ मन्त्री थपेपछि पौडेलले बोलाए छुट्टै बैठक



 

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ मन्त्री थपे लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहको छुट्टै बैठक बोलाएको जनाएको छ ।

देउवाले पार्टीमा सल्लाह नै नगरी नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेपछि पौडेल पक्ष छलफलमा जुट्ने भएको हो । त्यसका लागि पौडेल पक्षले दिउँसो १ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बैठक बस्न लागेका छन् ।

पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउन देउवाले ३ बजे पदाधिकारी बैठक बोलाएपछि २ घण्टा अघि पौडेल पक्षको बैठक बस्न लागेको हो । कांग्रेसबाट यसअघि बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र उमेश श्रेष्ठ मन्त्री भइसकेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !