११ बैशाख २०८१, मंगलवार

चितवन : गाडीको ठक्करबाट चितुवाको मृत्तु



चितवन। इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक चितुवा मरेको हो ।

मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनबाट जानकारी प्राप्त भयो । बच्चाको मुखमा चोट लागेको छ । रातको समयमा चितुवाको बच्चा मृत भेटिएपछि डिभिजन वन कार्यालय चितवनमा ल्याइएको हो ।

माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने अनुमान छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ । ठक्कर दिने सवारी चालकको खोजी भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !