१२ बैशाख २०८१, बुधबार

चलचित्र ‘कौसिद’को माघ १ गतेबाट छायांकन थालिने



काठमाडौं । चलचित्र ‘कौसिद’को आगामी माघ १ गतेदेखि छायांकन थालिने भएको छ । शुक्रबार चलचित्र ‘कौसिद’को चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो ।

निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरी फिल्मको शुभ मुहूर्त गरेका हुन ।

चलचित्रकर्मी केशव पाण्डेले मुहूर्त शटको क्ल्याप गरेका थिए । सोसल ड्रामा जनरामा बन्न लागेको चलचित्र ‘कौसिद’को आगामी माघ १ गतेदेखि छायांकन थालिने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रको मुख्य भूमिकामा भोलाराज सापकोटा र ऋचा शर्मा रहनेछन् भने अन्य कलाकारहरु अडिसनबाट छनोट गरिने जनाइएको छ ।

चलचित्रमा मध्यम वर्गीय व्यक्तिले जीवनयापनका सहज तरिकाले चलाउन के कस्ता व्याधा व्यवधानको सामना गर्नुपर्छ भन्ने विषयमा केन्द्रित हुने बड पिक्चर्सका संस्थापक तथा फिल्म ‘कौसिद’का कार्यकारी निर्माता दिमेश श्रेष्ठले जनाएका छन् ।

औँठा छाप सहितको फिल्मको टीजर पोस्टर पनि लन्च गरिएको छ । सार्वजनिक गरिएको टीजर पोस्टर अनुसार नव बिजयप्रकाश श्रेष्ठ तथा धिरजन थपलियाले फिल्मको पट्कथा लेखेका हुन् ।

लक्षमण वानिया सह निर्माता रहेका छन् । फिल्मका अन्य कलाकारमा परिक्षीत विक्रम राणा, डा.निरञ्जन श्रेष्ठ, रूपेश दाहाल, निर्भिक भट्टराई, सदिक्षा गौतम, संदिप लोहनी, बिजय सुब्बा, कमल मण्डल लगायतका छन् भने फिल्मको छायांकन निशल पौडेलले गर्नेछन् ।

कोरोना महामारीका कारण झण्डै १० महिनासम्म चलचित्र क्षेत्रका गतिविधि बन्दा हुँदा यस क्षेत्रमा आवद्धहरु मारमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !