११ बैशाख २०८१, मंगलवार

असोज १२ गतेदेखि खुल्ने भयो लाइसेन्सको अनलाइन आवेदन



 

काठमाडौं। असोज १२ गतेदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि यातायात व्यवस्था विभागले अनलाइन आवेदन खुला गर्ने तयारी गरेको जनाएको छ ।

गत वैशाख १६ गतेदेखि बन्द भएको नयाँ लाइसेन्स आवेदन पुनः खुलाउने तयारी भएको विभागस्रोतले जनाएको छ । विभागले यसअघि लाइसेन्सका लागि ट्रायल परीक्षा सञ्चालनमा ल्याइसकेको छ ।

यसैबीच लाइसेन्स लिन बाँकी रहेका सेवाग्राहीले दशैंपछि मात्र पाउने भएका छन् । प्रिन्ट कार्ड अभाव भएपछि स्मार्ट लाइसेन्स दशैंअघि वितरण गर्न नसकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

अति आवश्यक परेका व्यक्तिको लाइसेन्स भने वितरण गर्ने गरिएको छ । शान्ति सेना, वैदेशिक रोजगार तथा वैदेशिक अध्ययनमा जाने खालका व्यक्तिको लाइसेन्स भने वितरण भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !