१२ बैशाख २०८१, बुधबार

देउवाले नियुक्त गराएका परराष्ट्रमन्त्री खड्काले लिए शपथ



काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका छन् ।

परराष्ट्रमन्त्रीमा नियुक्त कांग्रेस नेता डा.नारायण खड्काले शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै खड्कालाई मन्त्री पदमा नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी थिइन् । आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

हिजो बसेको गठबन्धन बैठकले उनलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको थियो । गठबन्ध्न नेताहरुको सहमतिसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेका हुन्।

नेता खड्काको सचिवालयले दिएको जानकारी अनुसार मन्त्री पदको शपथ लिएसँगै उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् ।

 



प्रतिक्रिया दिनुहोस !