१५ चैत्र २०८०, बिहीबार

आज १ हजार ४७८ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ हजार ६७ जनाको पीसीआर परीक्षणमा १ हजार २५१ र २ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !