६ बैशाख २०८१, बिहीबार

कांग्रेसकोका पदाधिकारीहरु बैठक बस्दै



काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज पनि बस्ने भएको छ ।

दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरू बैठक बस्ने भएको हो । महाधिवेशन र सरकार गठनबारे बैठकमा छलफल हुने छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठकमा आफ्नो पक्षले कति मन्त्री पाउने भन्ने विषयलाई उठान गर्ने भएको छ ।

पार्टीका केही प्रभावशाली नेताहरू पनि बैठकमा सहभागी हुनेछन्।



प्रतिक्रिया दिनुहोस !