१४ बैशाख २०८१, शुक्रबार

पुरानै अवस्थामा फर्कियो सौराहा



चितवन । कोरोना संक्रमणको दोस्रो लहर कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरु देखिन थालेका छन् ।

पर्यटकहरु बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायीहरु उत्साही छन् । दशैं, तिहार जस्ता ठूला नेपाली चाडपर्वहरु सुरु भएसँगै आन्तरिक पर्यटकहरुसमेत अझै बढ्ने विश्वास व्यवसायीहरुको छ ।

पर्यटकहरुको चहलपहल देखिएपछि लामो समयसम्म बन्द रहेका होटलहरुको सरसफाइ गर्ने, कामविहीन भएर विदामा पठाइएका कर्मचारीहरुलाई बोलाउने लगायतका काम थालिएको छ ।

लगातारजस्तो विदा पर्दा सौराहामा पर्यटकहरुको संख्या ह्वात्तै बढ्ने गरेको छ। दशैं तिहार जस्ता ठूला पर्व आउँदैछन्, लामो विदा हुँदा आन्तरिक पर्यटकहरु आउने गर्छन् । सरकारले कर्मचारीहरुलाई दिने पर्यटकीय काज विदामा पर्यटकहरुलाई तान्ने कार्यक्रमहरुसमेत राख्ने सोच व्यवसायीहरुको छ ।

सौराहामा फाट्टफुट्ट रुपमा विदेशी पर्यटक पनि आउन थालेका छन् । यसले सौराहामा पर्यटन व्यवसाय तंग्रिन थालेको सन्देशको रुपमा लिन सकिन्छ। एक महिनायता सौराहामा अमेरिका, जर्मनी, युक्रेन, बेलायतलगायतका देशबाट पर्यटकहरु सौराहामा आएका छन् ।

उनले नेपाली पर्यटकहरुलाई लक्षित गरी सामाजिक सञ्जाल मैत्री सेल्फी पोइन्ट, फोटो खिच्ने ठाउँहरु होटलहरुले तयार गर्न थालेको बताए । हरेक हप्ताको शुक्रबार र शनिबार सौराहामा पर्यटकहरु अन्य दिनको तुलनामा बढी आउने गरेका छन् । सौराहामा १३० वटा होटल र ९० वटा रेस्टुरेन्ट रहेका छन् ।

यस वर्ष लामो वर्षा, बाढी पहिरो र डुबानको कारण पनि पर्यटकहरुलाई घुम्न समस्या भएको छ। व्यवसायीहरुले दशैं तिहारका लागि पर्यटकहरुलाई विषेश प्याकेजसमेत दिन थालेका छन् । आउने पर्यटकहरुलाई पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरिने छ ।

सौराहामा हात्ती सफारीसमेत खुलिसकेको छ । पर्यटकको संख्या बढ्दै गएपछि यहाँका रेस्टुरेन्ट व्यवसायीहरु उत्साहित छन् । हात्ती सफारी, जिप सफारी चल्न थालेका छन् ।

घुम्नका लागि साँच्चै निकै राम्रो छ, सौराहा ।



प्रतिक्रिया दिनुहोस !