१४ बैशाख २०८१, शुक्रबार

म्यासेन्जरको च्याट डिलिट फिचर हुने, यसरी प्रयोग गर्नुहोस्



काठमाडौं । विश्वकै लोकप्रिय एप फेसबुक म्यासेन्जर एपलाई मानिन्छ। बेलाबेला म्यासेन्जरमा आउने नयाँ फिचरले प्रयोगकर्तालाई लोभ्याउने गर्छ । फेसबुकका अनुसार यसमा रहेको इण्ड-टु-इण्ड इन्क्रिप्सनले च्याटलाई सुरक्षा प्रदान गर्छ ।

केही समययता फेसबुकले आफ्नो म्यासेन्जर एपमा सेक्रेट कन्भर्सेसन गर्ने सुविधा प्रदान गरिरहेको छ । धेरैले यो फिचर मन पराएका छन् । यो फिचरको विशेषता भनेकै कुनै पनि म्यासेज पढिसकेपछि आफैं हराएर जान्छ । यस्को बारेमा धेरैलाई जानकारी नहुनपनि सक्छ ।

म्यासेन्जर प्रयोगकर्ताले सामान्य च्याट बक्समा यो फिचर प्रयोग गर्न सक्नुहुन्न । सेक्रेट कन्भर्सेसनभित्रको यो छुट्टै च्याट प्यानल हो, जसमा केही अतिरिक्त अप्सनहरु पनि छन् ।

यस किसिमको मेटिने म्यासेज पठाउन तपाईंले आफ्नो म्यासेन्जरमा केही सेटिङ मिलाउनुपर्ने हुन्छ ।

  • सबैभन्दा पहिले फोनमा रहेको म्यासेन्जर एपलाई अपडेट गर्नुहोस् ।
  • अब च्याट गर्ने साथीको नाम सर्च गरेर च्याट बक्समा जानुहोस् ।
  • स्मार्टफोनबाट हुनुहुन्छ भने माथिपट्टि दायाँतर्फ रहेको अप्सनमा क्लिक गर्नुहोस् र ‘गो टु सेक्रेट कन्भर्सेसन’ अप्सनमा जानुहोस् ।
  • अब एउटा च्याट प्यानल खोलिन्छ । त्यहाँ म्यासेज टाइप गर्नुहोस् ।
  • टाइप गर्ने ठाउँमा ‘टाइमर’ सेट गर्ने अप्सन हुन्छ । कति समयपछि म्यासेज स्वतः डिलिट हटोस् भन्ने चाहनुहुन्छ, त्यो सेट गर्नुहोस् ।
  • अब साथीले म्यासेज पढेपछि तपाईंले सेट गरेको समयभित्र स्वतस् डिलिट हुन्छ ।



प्रतिक्रिया दिनुहोस !