१४ बैशाख २०८१, शुक्रबार

पारिजातको सेवनले के कस्ता फाइदा गर्ला त ?



एजेन्सी। पारिजातमा धेरै औषधीय गुणहरू हुन्छन् । धार्मिक दृष्टिले पनि यसको धेरै महत्व रहेको छ। पारिजातको फूल देखि लिएर पात,बोक्रा वा यसको बीउ पनि उपयोगी हुन्छ। यसको चिया पनि स्वादिष्ट हुनुका साथै हाम्रो स्वास्थ्यको लागि लाभकारी हुन्छ। यसले स्वास्थ्यको साथै सौन्दर्य बढाउन पनि निकै मद्दत गर्छ ।

यसको नियमित रूपमा सेवन गर्नाले विभिन्न किसिमका समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ।

– पारिजातको पात पानीमा उमालेर पिउनाले खोकी निको हुन्छ। यसलाई चियामा उमालेर वा पातलाई पिसेर महमा मिलाएर पनि सेवन गर्न सकिन्छ ।

– ज्वरो ज्वरो आउँदा पारिजातको पातको चिया बनाएर खानु निकै फाइदाजनक हुन्छ। डेंगु, मलेरिया तथा ज्वरो पनि निकै पार्ने क्षमता पारिजातम हुन्छ ।

– पारिजातलाई पाइल्सको निकै राम्रो र असरदार औषधि मानिन्छ। त्यसको लागि पारिजातको बिउको सेवन गर्नु वा बिउको लेप बनाएर सम्बन्धित ठाउँमा लगाउनु फाइदाजनक हुन्छ।

– ह्रोदय सम्बन्धि रोगको लागि पारिजातको प्रयोग निकै लाभकारी साबित हुन्छ। पारिजातको फूल वा यसको रसको सेवन गर्दा यसले हृदय सम्बन्धि रोगको नियन्त्रण गर्छ।

– दम श्वासप्रश्वास सम्बन्धि रोगहरूको लागि पारिजातको बोक्राको पाउडर पानको पातमा राखेर खानु निकै लाभकारी हुन्छ।

पारिजातको नियमित प्रयोग गर्नाले या त आयुर्वेदिक औषाधी गर्नाले हाम्रो समयको नि बचत पैसाको नि बचत त्यसैले उपचार विधि पढौं, उपचार गर्औं ।



प्रतिक्रिया दिनुहोस !