१३ बैशाख २०८१, बिहीबार

१० मिनेटका लागि स्थगित गरिएको राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि गरियो स्थगित



 

काठमाडौं । आज बसेको पहिलो बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो । तर, दोस्रो बैठक नबसी सूचना टाँसेर ११ असोज सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि शुक्रबार बसेको बैठकमा विनियोजन विधेयक २०७८ प्रमाणिकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुनाएका थिए ।

यसपछि आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ टेबुल गरिएपछि सभाध्यक्ष तिमिल्सिनाले शुक्रबारै बस्ने गरी १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।

 



प्रतिक्रिया दिनुहोस !