४ बैशाख २०८१, मंगलवार

चितवन पुगेर बादलले प्रचण्डलाई दिए यस्तो चेतावनी



काठमाडौं । शुक्रबार चितवन पुगेका नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रचण्डसँग चितवनबाटै निर्वाचन लड्न तयार भएको बताएका छन् ।

भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चितवनमा प्रचण्डविरुद्ध बादलको चुनाव लड्न तयार रहेको बताए ।

बादलले प्रचण्ड समाजवाद र राष्ट्रियताविरोधी रहेका भन्दै, उनीसँग चुनाव लड्न मलाई कुनै समस्या नरहेको बताएका छन् । पूर्व गृहमन्त्रीसमेत रहेका बादलले एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयन भए पनि आफ्नो जिम्मेवारी कायमै रहने कुरा बताएका छन् । उनी पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रचण्डको साथ छाडेर ओलीतिर आएका थिए।

 



प्रतिक्रिया दिनुहोस !