१२ बैशाख २०८१, बुधबार

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई युवक पक्राउ



 

डडेल्धुरा । १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।

असोज ५ गते किशोरीमाथि सामूहिक बलात्कार भएको भन्दै मुदा दर्ता भएपछि परशुराम नगरपालिका-१० का २३ वर्षीय रामसिंह ठगुन्ना र दार्चुलाको नौगाड गाउँपालिका-५ का २७ वर्षीय जगदीश धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय जोगबुढाले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा ल्याइँदैछ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !