९ कार्तिक २०७८, मंगलवार

आज १ हजार ४७६ जनामा कोरोना संक्रमण, ९ को मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पीसीआर परीक्षणमा १ हजार १०३ र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ५५० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !