१४ बैशाख २०८१, शुक्रबार

सामान्य विवादका कारण छुरा प्रहार गरी छिमेकीको हत्या



सुनसरी। घरायसी सामान्य विवादका कारण सुनसरी ईटहरीका एक युवकको ज्यान गएको हो ।

ज्यान जानेमा सुनसरी ईटहरी उपमहानगरपालिका-३ सुनौलो टोलका २१ वर्षीय राजु थापा रहेका छन । निजका छिमेकी ६२ बर्षीय देवीप्रसाद अधिकारीले झगडा हुँदा छुरा प्रहार गरी उनको हत्या गरेका हुन । हिजो बेलुका भएको यो घटनापछि घाइते थापालाई उपचारको निम्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । तर चिकित्सकले थापालाई अस्पतालमा मृत घोषित गरेका थिए ।

प्रहरीले थापालाई छुरा प्रहार गरी हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेको हो । पक्राउ परेका देवीप्रसाद अधिकारी पनि घाइते भएको कारण प्रहरी निगरानीमा उनको पनि उपचार भइरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी इटहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !