११ बैशाख २०८१, मंगलवार

दशैंको रमझमका बेला पर्ने भयो पानी



काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा हल्का देखि मध्यम वर्षा हुने अनुमान गरेको छ ।

महाशाखाले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आगामी तीन दिन भने दिउँसोको समयमा देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र राती भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध गर्दछौ।

 



प्रतिक्रिया दिनुहोस !