२१ बैशाख २०८१, शुक्रबार

फेरि बन्द हुन थाले विद्यालयहरु



गोरखा। कोभिड र भाइरल ज्वोरोका बिरामी बढ्न थालेपछि गोरखाका विद्यालयहरु धमाधम बन्द हन थालेका छन् ।

गोरखा नगरपालिकाको मनकामना बहिरा मा वि, जनज्योती मा वि, सिरानचोकको जनज्योती मा वि कोभिड र भाइरल ज्वोरोका बिरामी बढेपछि बन्द भएका हुन् । नगरपालिकाकै विन्ध्यावासिनि मा विका दुई शिक्षकमा पनि कोभिड पुष्टि भएको छ तर सो विद्यालय भने सञ्चालनमै छ ।

गत बिहिवार शिक्षक र विद्यार्थी गरी २६ जनाको पिसिआर जाँचका लागि पठाइएकोमा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको पछि तत्कालका लागि विद्यालय बन्द गरिएको हो। मौसम परिवर्तन भएसँगै गोरखाका विद्यालय र अस्पतालमा बिरामीको संख्याबढ्दै गएको छ । कोभिड र भाइरल फ्लुका बिरामीको संख्या बढ्न थालेको छ।

गएको हप्तादेखि दिनहुँ एक सय ५० जना भन्दा माथि भाइरलका बिरामीहरु अस्पताल आउन थालेका छन् ।

भाइरल ज्वोरोका असर :

  • हेलचेक्र्याइँ गरेमा निमोनिया तथा छाती सम्बन्धी समस्या हुन सक्ने,

समाधानका उपायहरु :

  • तातोपानी पिउने,
  • माक्सको प्रयोग गर्ने,
  •  सामाजिक दुरी कायम गर्ने,
  •  तातो झोलिलो पदार्थ बढी मात्रामा पिउनुपर्ने
  • भाइरल लागेका व्यक्तिलाई छुट्टै राख्ने,
  • उसले प्रयोग गरेको कपडा तथा सरसामानहरु अरुले प्रयोग नगर्ने र गर्न नदिने गरिएमा यसबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !