१३ बैशाख २०८१, बिहीबार

फेरि मार्यो टिपरले मान्छे, स्थानीयले लगाए टिपरमा आगो



काठमाडौं। टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित भीडले टिपरमा आगजनी गरेका हुन् ।

आगजनीबाट टिपर ध्वस्त भएको छ । दोषी चालकलाई कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आगो लगाएका हुन् ।

प्रहरीका अनुसार ना.७ ख.४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यू भएको हो । चौराहामा गलत बाटोबाट हिडेपछि टिपरले दासलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यू भएको हो ।

टिपर चालकलाई नियन्त्रणमा लिइसकेको छ । अहिले पिडारी चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले ठक्कर दिनेलाई कडा कारबाहीको माग राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !