७ बैशाख २०८१, शुक्रबार

ईपीएलः आज काठमाडौं र पोखरा भिड्दै



 

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स-११ र पोखरा राइनोज भिड्ने भएका छन् ।

आज मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदानमा काठमाडौं र पोखराबीचको खेल शुरू हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौँ दोस्रो जित निकाल्ने योजनामा छ भने विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !