१९ बैशाख २०८१, बुधबार

टेल्जीको ‘लियोपार्ड’ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा



काठमाडौं। चिनियाँ ब्राण्ड टेल्जी स्कुटर तथा जिनियस मोटरसाइकलको ‘लियोपार्ड’ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा ल्याएको छ।

कम्पनीले अंग्रेजी नयाँ बर्ष २०२१ को अवसर पारेर चीनको तीन ठूला इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल उत्पादक कम्पनी टेल्जीको लियोपार्ड इलेक्ट्रीक बजारमा भित्र्याएको जानकारी दिएको छ।

लियोपार्ड स्कुटरमा २.५ किलोवाट पावरको मोटरका साथै ३.२ किलोवाट आवरको व्याट्रीप्याक छ। यस्तै फुलचार्ज गर्न ५ घन्टा लाग्ने स्कुटरले एक पटकको फुलचार्जमा १३० किलोमिटरको रेन्ज जनाएको छ ।

यसका साथै, यो स्कुटरमा की(लेस स्टार्ट, डिस्क ब्रेक, एलइडी डिस्प्ले, एलइडी लाइट, ट्युवलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेवल सस्पेन्सन, फास्ट चार्जीङ पोर्ट, ठुलो अन्डर सिट स्पेस लगायतका महत्त्वपूर्ण फिचरहरू समावेश छ।

कम्पनीले नयाँ वर्षको उपलक्ष्यमा टेल्जी लियोपार्डमा २५ हजार रुपैयाँ बरावरको छुट प्रदान गर्ने बताएको छ। हरेक ग्राहकले लियोपार्डको खरिदमा १५ हजार नगद छुट प्राप्त गर्नेछन्।

यस्तै, १० हजार रुपैयाँ बराबरको एशोसरिज निःशुल्क पाउने छन्। एशोसरिजमा ५ हजार वरावरको ब्लुटुथ हेलमेट, पिलियन व्याक रेस्ट र फुट म्याट प्राप्त गर्नेछन्।

यो स्कुटरमा उच्च स्तरीय प्रिन्टिङ क्वालिटी पीयू ८०० प्रविधिमा प्रिन्ट गरिएको छ। नेपाली बजारमा टेल्जी लियोपार्ड रातो, सेतो र गोल्डेन गरि तीन कलरमा उपलब्ध छ।

कम्पनीले लियोपार्ड इलेक्ट्रीक स्कुटरको मूल्य २ लाख १० हजार रुपैयाँ निर्धारण गरिएको छ। कम्पनीले नेपाल भित्र्याएको टेल्जी लियोपार्ड गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गर्न सफल स्कुटर हो।

टेल्जी ब्रान्डको स्कुटर ७७ देशमा विक्री भइरहेको तथा संयुक्त राष्ट्रसंघको इन्भाइरोमेन्ट इ(मोविलिटी प्रोगाम पार्टनर तथा ट्राभल पार्टनसर समेत रहेको कम्पनीले बताएको छ।

उक्त स्कुटर सार्वजनिक कार्यक्रममा योम मा इ मोटर्सका संचालक संजिव सिल्पकारले नेपाली बजारमा आर्कषक मूल्यसहित टेल्जी ब्रान्डका उत्कृष्ट स्कुटरहरु विक्री गर्दै आएको बताए।

नेपालमा भित्र्याएको टेल्जी लियोपार्ड नेपाली भुगोल सुहाउँदो र नयाँ टेक्नोलोजीमा आधारित स्कुटर रहेको । आगामी दिनमा पनि ग्राहकको चाहना अनुरुप यस्तै थुप्रै नयाँ उत्पादन ग्राहकमाझ भित्र्याउने सिल्पकारले बताए ।



प्रतिक्रिया दिनुहोस !