११ बैशाख २०८१, मंगलवार

१ लाख ३५ हजार तलबसहित कतारमा नेपाली कामदारको माग



काठमाडौं ।  कतारको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहरमा रहेको HASSAN AL HAMMADI CONTRACTING AND TRADING CO कम्पनीले २७ नेपाली पुरुषकामदारको माग गरेको हो ।  न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३२ हजार माथिदेखि १ लाख ३५ हजार सम्म पाउनेछन् । इच्छुक कामदारले Nepal life recrutiment agency pvt.ltd कार्यालय गौशाला काठमाडौंमा असोज १९ गते अन्तरवार्ता दिनु पर्ने छ ।  स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार बेहोर्नुे पर्नेछ भने विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।



प्रतिक्रिया दिनुहोस !