१४ बैशाख २०८१, शुक्रबार

पुर्वी चितवन कठारमा जितिया झाम्टा कार्यक्रम



कठार । चितवनको आदिवासी थारु समुदायका महिलाहरुको महान् चाड जितियाको अवसरमा खैरहनी–१०, कठारमा जितिया झाम्टा कार्यक्रम तथा शुभकामना आदानप्रदान गरिएको छ ।

थारु कल्याणकारिणी सभाको आह्वानमा कठार महिला झाम्टा समूहले कार्यक्रम आयोजना गरेको हो । खैरहनी नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष कारीराम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुले थारु संस्कृति, भेषभूषा, भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए । वडाध्यक्ष चौधरीले आफ्नो संस्कृति संरक्षणका लागि युवापुस्तालाई जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा खैरहनी नगरपालिका वडा नम्बर–१० भित्रका १२ वटा महिला समूहले आ-आफ्नो झाम्टा नृत्य प्रस्तुत गरेका थिए । कठार महिला झाम्टा समुहकी अध्यक्ष फूलकुमारी चौधरीको अध्यक्षतामा यो कार्यक्रम सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !