१३ बैशाख २०८१, बिहीबार

श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ



काठमाडौं। अर्घाखाँचीको सन्धिखर्कमा श्रीमानले लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरे पछि पक्राउ परेका छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका विष्णु विकले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मंगलवार राती खाँचीकोटमा दुवैजनाले सँगै बसेर मदिरा पिएका थिए । त्यहीबेला उनीहरुबीच झगडा भएको थियो ।

मदिरा पिएका बेला विष्णुले सीतामाथि लठ्ठी प्रहार गरेर हत्या गरेका थिए । हत्या गरेको आरोपमा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको हो । हत्यारा माथि थप अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !