१५ चैत्र २०८०, बिहीबार

१५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन



काठमाडौं। बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ ।

ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बताएका छन् ।
त्यसका लागि गुह्हेश्वरीमा रहेको ‘गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ । इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको जानकारी दिए ।

शुक्रबार मन्त्री थापाले गुहेश्वरीस्थित गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन् । उनले बाँकी कामहरु सकेर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ ।

त्यस्तो फोहोर पानी प्रशोधन हुँदा दैनिक ७ टनसम्म मल निस्कने इञ्जिनियर किशोर पन्थीले जानकारी दिए । ढल प्रशोधनका क्रममा निस्कने ग्याँसबाट विजुली समेत निस्कनेछ । यो समाचार राजधानी दैनिकमा लेखिएको छ ।



प्रतिक्रिया दिनुहोस !