१६ चैत्र २०८०, शुक्रबार

‘खतरों के खिलाडी ११’ पछि श्वेता तिवारी पुगिन् अस्पताल



मुम्बई। अभिनेत्री श्वेता तिवारी शारीरिक शिथिलता र कम रक्तचापका कारण मुम्बईको अस्पतालमा भर्ना भएकी छिन् ।

उनी अस्पतालमा भर्ना भएको खबर सुन्नासाथ उनका पूर्वपति अभिनव कोहलीले सामाजिक सञ्जालमा उनको स्वास्थ्य लाभको कामना गरेका छन् । अभिनवले पोस्टमा श्वेताको कम तौल र परिवर्तनप्रति टिप्पणी गरेका छन् ।‘मेरो र मेरो छोराको एकापसमा मिल्ने र सँगै बस्ने हकको लडाई आफ्नो ठाउँमा छ र त्यो अदालतमा चलिरहेको छ । तर भगवानले श्वेतालाई चाँडै तन्दुरुस्त बनाउन् ।श्वेता र अभिनवको छोरा रेयान्सलाई कसको संरक्षकत्वमा राख्ने भन्ने विषयमा दुईबीच अदालतमा मुद्धा चलिरहेको छ ।

श्वेता हालैमात्र टेलिभिजन रियालिटी शो ‘खतरों के खिलाडी ११’ मा देखिएकी थिइन् । गत साता उनी शोको फिनालेमा पनि उपस्थित थिइन् । श्वेता ‘खतरों के खिलाडी ११’ मा Top 6 सम्म पुगेकी थिइन् ।

उनको स्वास्थ्य अवस्थालाई लिएर उनको टिमले एक आधिकारिक विज्ञप्ती जारी गरेको छ । ‘हामीलाई श्वेता तिवारीको स्वास्थ्य अवस्थालाई लिएर धेरै फोन र सन्देश आइरहेको छ । श्वेतालाई शारीरिक शिथिलता र कम रक्तचापका कारण अस्पतालमा भर्ना गरिएको यहाँहरुलाई सूचित गरिन्छ । लगातार यात्रा गर्नु, मौसमको बदलाव र पूर्ण रुपमा आराम गर्न नपाएका कारण श्वेताको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो । उनको स्वास्थ्यमा सुधार आइरहेको छ । आशा छ उनी चाँडै डिस्चार्ज हुनेछिन्’, विज्ञप्तीमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस !