२० बैशाख २०८१, बिहीबार

दसैँ नजिकिँए सगैं बढ्न थाल्यो, भेडा च्याङ्ग्राको मूल्य



काठमाडौं। हिन्दुहरुको महानचाड दसैँ नजिकिँए सगैं भेडा च्याङ्ग्रा, खसी बोकाका भाउ बढ्न थालेको हो ।

दशैंमा मुस्ताङी भेडाच्याङ्ग्राको मासुको माग बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै भेडा च्याङ्ग्रा बजारमा नआउने भएका छन् भने आएका भेडा च्याङ्‍ग्राको मूल्य पनि आकासिएको छ ।

तिब्बतबाट च्याङ्‍ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको मूल्य सातदेखि १० हजार रुपैयाँसम्मले महङ्गिने गर्छ । लोमान्थाङ्ग नाकाबाट आज बाट भेडा च्याङ्‍ग्रा मुस्ताङ झार्न थालिएको छ । मुस्ताङमै च्याङ्ग्राको भाउआकाशियपछि बजारमा च्याङ्ग्राको भाउ अझै नबढ्ने कुरै भएन ।

कोभिड–१९ का कारण चीनले लामो समयदेखि नाका ठप्प बनाउँदा च्याङ्ग्रा मुस्ताङ आउन पाएको छैन । यस वर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआउने वा आए पनि अत्यन्त कम मात्रामा आउने हुँदा जिल्लामा पालिएका भेडा च्याङ्ग्रा मात्रै ढिलोगरी बजारमा आउने भएका छन् ।

मुस्ताङका भेडाच्याङ्ग्राको मूल्य रु ३५ हजारदेखि ३९ हजारसम्म रहेको छ । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले प्रायः उपभोक्ताले भेडाच्याङ्ग्राको मासु खोज्ने गर्दछन् ।



प्रतिक्रिया दिनुहोस !