८ बैशाख २०८१, शनिबार

बुद्ध एयरले दुर्घटनाबाट बचाउने पाइलटलाई प्रतिबन्ध लगाउनुको मुख्य कारण के हो ?



बुद्ध एयरको एटीआर–७२ विमानका क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज अवतरण गराउने जहाजका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । तर उक्त जहाज अहिले नियमित उडानमा छ । बुद्ध एयरका अधिकारीहरुका अनुसार कम्पनी र प्राधिकरणका इन्जिनियरले गरेको अध्ययनपछि जहाज रिलिज भएको हो ।

बुद्ध एयरको जहाजमा देखिएको समस्या के हो ?असामान्य परिस्थिति आएका कारण चालक दलमा पर्न सक्ने मानसिक चापलाई ध्यानमा राखी नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा हेर्ने विभागले चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।

चालकसहित अन्य सदस्यले प्राधिकरणको सामान्य प्रशिक्षण समेत लिनुपर्नेछ । जहाँ उनीहरुलाई ‘रिफ्रेस’ गराइन्छ । प्राधिकरणका अनुसार ‘इन्सिडेन्ट (दुर्घटना नभएको अवस्था)मा चालक र उनको टीममा पर्न सक्ने मानसिक चाप कम गर्न केही समय ग्राउण्डेड गर्ने प्रचलन रहेको छ । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार अब प्राधिकरणले बुद्ध र प्राधिकरणकै टीमले दिने प्रतिवेदन अध्ययन गरेर उनीहरुको लाइसेन्स फुकुवा गर्नेछ । यो काम एक÷दुई दिनमै हुने उनले बताए ।

गत सोमबार काठमाडौंबाट विराटनगर उडेको जहाजमा पांग्रा खुलेको जनाउन दिने इन्डिकेटरले काम नगरेको भन्दै जहाज काठमाडौं फिर्ता भएको थियो । पछि पांग्रा खुलेको देखिएपछि जहाजलाई काठमाडौं सुरक्षित अवतरण गराइएको थियो । यो समस्यापछि जहाजमा कुनै समस्या नरहेको भन्दै प्राधिकरणले जहाज रिलिज गरेको थियो ।
अनलाइन खबरबाट साभार गरिएको हो



प्रतिक्रिया दिनुहोस !