११ बैशाख २०८१, मंगलवार

काठमाडौँमा फेरि निषेधात्मक आदेश जारी ,के गर्ने पाइन्छ के पाइदैन ?



काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना महामारीको अवस्था कायममै रहेको भन्दै बिहीबारदेखि लागु हुने गरी फेरि निषेधात्मक आदेश जारी गरेको छ।

चाडवाडको सिजन सुरु भए पनि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य संवेदनशीलतालाई ध्यान दिँदै चाडपर्व मनाउन सूचना जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद रिजालले जारी गरेको आदेशमा कोभिड १९ को खोजिम कायम रहेको हुँदा अनावश्यक रुपमा घर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव भोज नगर्न भनिएको छ।

जिल्ला प्रशासन कार्यालयले मास्क, सेनिटाइजर जस्ता सामग्रीको प्रयोग गर्न, बैंक तथा वित्तिय संस्थामा कमभन्दा कम भीड गर्न निर्देशन दिएको छ। बैठक, गोष्ठी, सेमिनासर जस्ता कार्यक्रमहरुलाई भर्चुअल माध्यमबाटै गर्न र सकेसम्म भौतिक उपस्थित नजाउन प्रमुख जिल्ला अधिकारी रिजालले सूचनामा भनेका छन्।

ढुवानीका साधानलाई बिहान ९ देखि ११ बजेसम्म र दिउँसो ४ देखि ७ बजेसम्म गुड्न नदिन निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस !