१२ बैशाख २०८१, बुधबार

आज कुन-कुन स्थानमा वर्षाको सम्भावना ?



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर  सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले वर्षा हुने स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आज भारतको झार खण्ड  र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको, नेपालमा सामान्य प्रभाव परेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । भने, हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !