१२ बैशाख २०८१, बुधबार

आजबाट एसइई परिक्षाको रजिष्ट्रेशन फाराम खुल्ला



काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को एस. ई. ई २०७९ मा समावेश हुनका लागि रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम खुला गरेको जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै परीक्षा आवेदन र रजिष्ट्रेसन फाराम इन्ट्रीको काम अनलाइनबाटै गराउने जानकारी दिएको हो । बोर्डको सूचना अनुसार २०७८ को एस. ई. ई परीक्षामा समावेश हुनका लागि २०७८ सालमा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीहरूले २०७८ असोज १५ देखि २०७८ कात्तिक मसान्तभित्र आवेदन फाराम भरिसक्नुपर्नेछ ।

सो फारम दर्ताका लागि शुल्क रु. ५०० मा निर्धारण गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस !