६ बैशाख २०८१, बिहीबार

ललितपुर : पहिलो जित हात पार्न सफल



काठमाडौं। ईपीएल मा ललितपुर प्याट्रियट्सले पहिलो जित दर्ता गरेको छ । आज भएको पहिलो खेलमा ललितपुरले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २६ रन बनाएको थियो।

ललितपुरका लागि सन्दुन विराक्कोडीले ७३, अज्मातुल्लाहा ओमरजाईले ५८, कुशल भुर्तेलले ३२, योगेन्द्र सिंह कार्कीले २७, नारायण जोशीले १८ र जयकिशन कोल्सावालाले १३ रन बनाए।

बलिङतर्फ विराटनगरका करण केसीले दुई तथा सिकन्दर राजा, प्रतिस जिसी र दिल्शान मुनावीराले एक–एक विकेट लिए। २२७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८९ रन मात्रै बनाउन सक्यो। विराटनगरका दिल्शान मुनावीराले ५९, आशिफ शेखले ३७, चन्द्रपल हेमराजले २८ र सिकन्दर राजाले २४ रन जोडे पनि जितका लागि पर्याप्त भएन।

विराटनगरमाथि जित हात पार्न ललितपुरका अज्मातुल्लाहा ओमरजाईले चार, ललित राजवंशीले दुई र योगेन्द्र सिंह कार्कीले एक विकेट लिए।

 

 



प्रतिक्रिया दिनुहोस !