८ बैशाख २०८१, शनिबार

तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विप्लवले दिए यस्तो चेतावनी



 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमति कार्यान्वयनमा सरकारले ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

गत फागुन २० गते तत्कालीन ओली सरकारको नेतृत्वसँग भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि नेकपाले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो । पटक पटक ध्यानाकर्षण भएपनि कार्यान्वयनमा नआएपछि सोमबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सहमति कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘प्रधानमन्त्रीज्यु तीन बुँदे सहमतिको सुरुमै कार्यान्वयन गर्नुपर्ने विषय बन्दीको रिहाइ र मुद्दाको खारेजी हो । यही विषय झन् बढी ढिला भइराखेको छ ।’

त्यस्तै नेकपाले तीनबुँदे सहमतिप्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको बताएको छ । यो विषय राष्ट्रिय राजनीतिक मुद्दा भएको भन्दै नेकपाले विषयको गाम्भीर्यतालाई हेर्दै कार्यदल बनाएर छिटोभन्दा छिटो समस्या समाधान गर्न सरकारसँग माग राखेको छ ।

नेकपाको ज्ञापनपत्र

 



प्रतिक्रिया दिनुहोस !