१५ चैत्र २०८०, बिहीबार

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनपर्नेका साथै बिवाहको उमेर घटाउन सांसदहरुको माग



 

काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनपर्नेका साथै बिवाहको उमेर घटाउनु पर्ने माग उठेको छ ।

आज भएको समितिको छलफलमा लिभिङ टुगेदरलाइ कानुनि मान्यता दिन माओवादी केन्द्रका सांसद मातृका यादवले माग गरेका हुन । उनले लिभिङ टुगेदरलाई समेत बिवाह दर्ताझै दर्ता गर्नुपर्ने प्रावधान बनाउन माग गरे ।

यादवले समितिमा लिभिङ टुगेदरको कानुनि मान्यता नहुंदा अपराध बढेको भन्दै ‘चोरी–चोरी सम्बन्धमा बसिनुका कारण समस्या आएकोले यसलाई कानुनि मान्यता दिनुपर्ने’ बताएका हुन् । उनले बदलिदो सामाजिक परिवेशलाई मध्यनजर गर्दै यस्ता कुराहरुलाई सरल बनाउनुपर्ने कुरामा जोड दिएका हुन् ।

समितिको छलफलमा आफ्ना भनाई राख्दै सांसद यादवले तराई–मधेशमा विवाहको उमेर पनि घटाउनुपर्ने माग गरेका छन् ।

विद्यमान कानुनमा शारीरिक सम्पर्कका लागि १८ बर्ष र विवाहका लागि २० बर्ष उमेर तोकिनुमा समस्या रहेको भन्दै यस्तो प्रावधानमा बिचार गर्नुपर्ने बेला आएको बताएका हुन् ।

नेपालको मुलुकी देवानी संहिता (२०७४) मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । सो भन्दा कम उमेरमा बिवाह गरिए दण्डित हुने कानुनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !