८ बैशाख २०८१, शनिबार

काँग्रेस (वी.पी) को बागमती प्रदेश प्रमुखमा सिटौला



काठमाडौं । नेपाली काँग्रेस (वी.पी.) को गत भाद्र ३० देखि असोज १ सम्म सम्पन्न विशेष महाधिवेशन पछी निर्वाचित केन्द्रिय कार्यसमितिको आज पार्टी केन्द्रिय कार्यालयमा बसेको बैठकले विधानले परिकल्पना गरेका विभिन्न पदहरुमा मनोनित गरेको छ ।

पार्टीको उप-सभापतिमा विष्णुप्रसाद ढकाल र महेशमान सिंह, सह-महामन्त्रीमा रिषभ भट्टराई बागमती प्रदेशको प्रमुख तथा केन्द्रिय उप-सभापतिमा सुदर्शन सिटौला र केन्द्रिय सदस्यहरुमा नुवाकोटबाट विश्वनाथ अधिकारि र कपिलवस्तुबाट डाक्टर माधव पन्थीलाई मनोनित गरेको छ ।

पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघ (वी.पी.) को वर्तमान केन्द्रिय समितिलाई विघटन गर्दै वर्तमान नेविसंघ (वी.पी.) का महामन्त्री विकाश पाण्डेयलाई तदर्थ समितिको अध्यक्षमा मनोनित गर्दै ६ महिना भित्र महाधिवेशन गर्न निर्देशन दिएको छ ।

विजया दशमी, दीपावली, छठ लगाएतको चाडपर्वको अवशरमा घटनास्थापनाका दिन जलपान गर्ने, एम.सी.सी.को विरोधमा दशै पछी तिहार अगाडि कार्याक्रम गर्ने र विधानले परिकल्पना गरेका विभिन्न विभागहरु समय भित्र नै गठन गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !