११ बैशाख २०८१, मंगलवार

चिप्लियो श्री एयरलाइन्सको जहाज



काठमाडौं। काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ ।

जहाजको पछाडिको चक्का चिप्लिएर घाँसे मैदानमा पुगेको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

‘अल्फा नोभेम्बर फोस्टर’ कलसाईन भएको जहाजको पछाडिको चक्का घाँसे मैदानमा ओभरल्याप भएको हो । फ्लाईट नम्बर. ४२१ विमानमा ७६ जना यात्रु नेपालगञ्ज जान लागेका थिए । उनीहरुलाई विमानबाट ओरालिएको छ ।



प्रतिक्रिया दिनुहोस !