७ बैशाख २०८१, शुक्रबार

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु



चितवन। चितवनको खैरहनी नगरपालिका–१३ को कुमरोज सामुदायिक वनमा घास काट्न गएका सात जनाको समूहमाथि बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

कुमरोज सामुदायिक वनमा आज दिउँसो घाँस काट्न गएका खैरहनी नगरपालिका– १३ सिम्रेनीका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेर ज्यान लिएको हो । बोटेलाई बाघले लगेको देखेको उनीसँगै जंगल गएका स्थानीयले बताएका छन् । अहिले १० वटा हात्तीसहित नेपाली सेना, प्रहरी र स्थानीयले उनको शव खोजिरहेका छन् ।

स्थानीयका अनुसार बोटेलाई आक्रमण गरेपछि उनीसँगै घाँस काट्न गएका अन्य साथीहरू भने भाग्न सफल भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस !