२६ बैशाख २०८१, बुधबार

ईपीएल : पोखरामाथि चितवनको रेमाञ्चक जित, चितवन सिधै फाइनलमा



काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले पोखरा राइनोजलाई ९ विकेटले पराजित गरेको छ ।

पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ अभर ५ बल खेल्दै एक विकेट गुमाएर सहजै भेटाएको हो । पोखराले चितवनका मोहम्मद शाहाजादले सर्वाधिक ४८ रन बनाए । हसिम अन्सारीले १४ र करिम जनातले ४ रन बनाए । पोखराका नन्दन यादवले एक विकेट लिए ।

यसअघि ब्याटिङ गरेको पोखराका रिचर्ड लेभीले १९, सुनिल धमलाले १८, सुशन भारीले १२ रन जोडे । अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । पोखरालाई सस्तैमा समेट्ने क्रममा पोखराका सागर ढकाल र सहाबब आलमले चार विकेट लिए भने करिम जनात र सोमपाल कामीले एक वीकेट लिए ।

 



प्रतिक्रिया दिनुहोस !