११ बैशाख २०८१, मंगलवार

आज बढ्यो सुनको मूल्य



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन बुधबारको तुलनामा ५०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !