१२ बैशाख २०८१, बुधबार

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई आजै पूर्णता दिने 



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।

सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । गठबन्धनमा रहेका दलहरुबीच मन्त्रालयको लगभग भागबण्डा मिलिसकेको जनाएको छ ।

माधवकुमार नेपाल नेतृत्वको (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनबीच भागबण्डामा सहमति भएपछि सम्भवतःआजै मन्त्रिपरिषद्लाई पूर्णता पाउने अपेक्षा गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !