१२ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं । आज नवौँ अधिवेशनको ११औँ प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रेल्वे विधेयक, २०७६ फिर्ता लिन राष्ट्रियसभाको सहमतिको निमित्त प्रतिनिधिसभाको सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले का सांसदले केही समयता संसद् अवरोध गर्दै आएका छन् । पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न सभामुखसमक्ष माग गर्दै एमालेले संसद् अवरुद्ध गरेको हो । आज पनि संसद् बैठक चल्न नदिने एमालेको तयारी छ ।

 



प्रतिक्रिया दिनुहोस !