१६ चैत्र २०८०, शुक्रबार

किन पुगे प्रधानमन्त्री देउवा, राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा ?



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् ।

बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएपछि देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । असार २९ गते प्रधानमन्त्रीको शपथ लिएका देउवाले गठबन्धनमा सहमति हुन नसक्दा करिब तीन महिनासम्म पनि सरकार विस्तार गर्न सकिरहेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !