१२ बैशाख २०८१, बुधबार

मनसुन बाहिरिन शुरू



काठमाडौं । नेपालबाट मनसुन बाहिरिन शुरू गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पूर्णरुपमा बाहिरिन अझै एक हप्ता लाग्न सक्ने जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट पूर्णरुपमै बाहिरिएको छ । अरु प्रदेश हुँदै पूर्वी भागबाट बाहिरिएर नेपालबाटै मनसुन पूर्ण रुपमा निस्क्रिय हुन अरु हप्ता दश दिन लाग्न सक्छने जाएको छ ।

अरु वर्षहरुमा अक्टोबर २ मा बाहिरिन थाल्ने मनसुन यो वर्ष एक हप्तापछि मात्रै बाहिरिन थालेकाले दशैँ पनि हिलाम्मे हुन सक्ने ठानिएको छ । यद्यपि मनसुन निस्क्रिय हुँदै जान थालेपछि वर्षाको मात्र कम हुदै गएको उनले जानकारी दिइन् ।

महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !