१० बैशाख २०८१, सोमबार

दशैं लक्षित सहुलियत मूल्यमा खसी,बोका बिक्री सुरु, प्रतिकिलो ९० रुपैयाँले बढ्यो मूल्य



काठमाडौं । आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्यमा थापाथली काठमाडौंमा खसी,बोका बिक्री गर्न सुरु भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री सुरु गरेको हो ।

कम्पनीले यो वर्ष खसी,बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जसअनुसार खरिदकर्तालाई प्रतिकिलो ६४० पर्ने कम्पनीले जनाएको छ ।

यो मूल्य गत वर्षको भन्दा ९० रुपैयाँले बढी हो । गत वर्ष कम्पनीले प्रतिकिलो ५५० मा खसी,बोका बिक्री गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !