१० बैशाख २०८१, सोमबार

ईपीएलले नयाँ च्याम्पियन पाउँदै, आज फाइनल हुदैं



काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेटको उपाधि छिनोफानो शनिबार हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोजबीच भिडन्त हुँदैछ ।

खेल टीयू क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजेदेखि शुरु हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । अर्थात् शनिबार ईपीएलले नयाँ च्याम्पियन पाउँदैछ ।

पहिलो पटक उपाधि उचाल्न दुवै टिम तयार रहेका छन् । ६ टोलीले सहभागीता जनाएको प्रतियोगिताबाट डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियाट्स लिग चरणबाटै बाहिरिएपछि लिगले नयाँ च्याम्पियन पाउने भएको हो । जारी लिगमा चितवनले पोखरालाई २ पटक हराइसकेको छ । लिग चरण र पहिलो क्वलिफायरमा चितवनले पोखरालाई समान ९ विकेटले हराएको हो ।

यो हिसाबले चितवनले ह्याट्रिक जित निकालेर उपाधि जित्ने सम्भावना छ । तर पोखराले विगत भन्दा पनि शनिबारको खेलले उपाधि छिनोफानो गर्ने बताउँछन् । उपाधि विजेताले ५० लाख रुपैयाँ जित्दा उपविजेताको भागमा १५ लाख रुपैयाँमात्र पर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस !