६ बैशाख २०८१, बिहीबार

मन्त्रिपरिषद् विस्तारको असर देखिन थाल्यो, जसपामा



काठमाडौं। मन्त्रिपरिषद् विस्तारपछि जनता समाजवादी पार्टी नेपालभित्रको विवाद छताछुल्ल भएको छ । मन्त्रिपरिषद विस्तारपछि जसपाभित्र देखिएको असन्तुष्टि सडकमा समेत देखिन थालेको हो ।

पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनका कार्यकर्ताहरूले हिजोदेखि पर्सामा प्रदर्शन शुरु गरिरहेका छन् । प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला समेत जलाइएको छ । असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा जलाएका छन् । शनिबार अध्यक्ष यादवको विरुद्धमा पर्सामा मोटरसाइकल र्याली निकालिएको छ । प्रदर्शनकारीहरूले उनको विरोधमा चर्का नाराबाजी गरेका छन् ।

उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने घोषणा गरेका छन् । यादवले मन्त्री चयनको निर्णय नसच्याए पार्टीमा भयावह स्थिति आउनसक्ने प्रदर्शनकारीहरूले ​चेतावनी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !